Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने

    भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ ।

    पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ ।



    दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार