Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • किशोरीमाथि सामूहिक बलात्कार

    किशोरीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 5.1K
    SHARES

    मोरङ। बुढीगंगा गाउँपालिकामा १ किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरू पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।

    मोरङ बुढीगंगा गाउँपालिका-७ बडहराका १५ वर्षीया किशोरीमाथि २ महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य २ जनाको समूहले बलात्कार गरेको आरोप छ ।



    सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ ।



    ‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

    बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउनुपर्यो नि,’ उनले भनिन् । उनका अनुसार किशोरीको पेटमा अहिले २ महिनाको बच्चा छ । आजको राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार