Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपचार गर्न ठूला सहर धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    उपचार गर्न ठूला सहर धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् ।

    राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताएकी हुन् ।



    राष्ट्रपति भण्डारीले उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।



    नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको भन्दै उनले त्यस अनुसार सेवा दिन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुका साथै पूर्वाधार विकास गर्नुपर्ने बताइन् ।

    मेडिकल शिक्षालाई सबै प्रदेश, भूगोल र क्षेत्रमा विकेन्द्रिकृत गर्न पनि उनले सुझाव दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार