काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्वदेश फर्किदै छन् । तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका प्रचण्डले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए। प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए।
शनिबार नै नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्धु विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । त्यसपछि उनी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
Leave a Reply