एजेन्सी । सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो ।
हिंसापछि १६ पसलमा आगजनी गरिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको बताइएको छ । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ ।
Leave a Reply