Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • महामन्त्रीप्रति देउवाको गुनासो – ‘फोन उठाउने गर्नुस्, मलाई धेरै नखेद्नोस्’

    महामन्त्रीप्रति देउवाको गुनासो – ‘फोन उठाउने गर्नुस्, मलाई धेरै नखेद्नोस्’

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन् ।

    केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरेका हुन् ।



    उनले पार्टीलाई बलियो बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै देउवाले पार्टीका पदाधिकारीहरूको फोन नउठ्ने गरेको भन्दै गुनासो पनि गरे । पार्टीभित्र एकलौटी गरेको भन्ने आरोपको उनले बचाउ गर्ने कोसिस गरे ।



    ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए । महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार