काठमाडौं । हिमालय एयरलाइन्सले कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ । निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति १० :३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः १७ बजे काठमाडौँ अवतरण गरेको थियो ।
उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको थियो ।
एयरलाइन्सले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्नेछ । अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।
यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एयरलाइन्सको लागि गर्वको कुरा भएको कम्पनीले जनाएको छ ।
Leave a Reply