बुटवल । राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् ।
कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको हो।
सरावल गाउँपालिकामा ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो ।
७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए ।
Leave a Reply