Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै गुलामीमा नचलेको देश हो

    भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै गुलामीमा नचलेको देश हो

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    काठमाडौँ । लिपुलेकबारे बोल्ने भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन । प्रधानमन्त्री ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा नचल्ने जवाफ फर्काएका छन्।

    सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतीय सेना प्रमुखलाई पनि जवाफ दिएका हुन् ।



    प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहट नचलेको स्पष्ट पारे।



    यसअघि भारतीय प्रधानसेनापति नरवानेले चीनलाई संकेत गर्दै कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका थिए।
    उनको उक्त आरोपबारे सांसदहरूले सरकारको औपचारिक धारणा के हो भनेर आजको संसद बैठकमा प्रधानमन्त्रीको स्पष्टिकरण मागेका थिए।

    ‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु। हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं। कसैको दबाब/उक्साहट र निर्देशनमा चल्दैनौं,’ प्रधानमन्त्री ओलीले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार