Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जिम्बाब्वे र नेदरल्यान्ड्स अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा

    जिम्बाब्वे र नेदरल्यान्ड्स अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 915
    SHARES

    एजेन्सी । आयोजक जिम्बावे र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा अन्तिम दुई स्थान पक्का गरेका छन् । अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी–२० विश्वकप अस्ट्रेलियाको विभिन्न सहरमा हुनेछ ।

    आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् । नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वे पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो ।



    पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन मात्रै बनाउन सक्यो ।



    दोस्रो सेमिफाइनलमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्डले १९ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो ।

    नेदरल्यान्ड समूह ‘बी’ र जिम्बाब्वे ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनल खेलेका थिए । जिम्बाब्वे र नेदरल्यान्ड छनोट भएपछि अस्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा १६ टोलीको टुङ्गो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार