Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपतिद्वारा १३ वटा विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा १३ वटा विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएका विभिन्न १३ विधेयक प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उनले लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।



    त्यस्तै, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ ।



    राष्ट्रपति भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार