Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • दिल्लीमा प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

    दिल्लीमा प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 771
    SHARES

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा तीन दिने भ्रमणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् ।

    प्रचण्ड भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् ।



    प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।



    प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो। प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार