Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • किशोरी बलात्कार गरी फरार शिक्षक पक्राउ

    किशोरी बलात्कार गरी फरार शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । किशोरी बलात्कार गरी फरार एक शिक्षक पक्राउ परेका छन्। मानसिक सन्तुलन गुमाएकी दुर्गाथली गाउँपालिका–४ की ती किशोरीमाथि जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोपमा बसन्त ओली पक्राउ परेका हुन् । सोमबार राती आफ्नै घरमा लुकेको अवस्थामा उनी पक्राउ परेका हुन्।

    प्रहरीले ४ महिनापछि मात्रै शिक्षक ओली पक्राउ गर्न सफल भएकाे हाे। गएको १२ फागुनमा पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनी फरार रहेका थिए । अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझै पक्राउ परेका छैनन् ।



    यता पीडित किशोरीले बच्चा जन्माएको १ महिना बित्नै लागेको छ । उनले जन्माएको बच्चा स्वस्थ रहेको र उनलाई महिला अधिकार मञ्चको सेफ हाउसमा राखिएको छ । अर्का आरोपित शिक्षक शिवराज जोशीको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार