Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री देउवालाई एमालेको आग्रह – हतियार खरिद प्रकरणबारे स्पष्ट पार्नुस्

    प्रधानमन्त्री देउवालाई एमालेको आग्रह – हतियार खरिद प्रकरणबारे स्पष्ट पार्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पवित्रा निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।



    सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ ।



    यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार