Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • नेपाली रुपैयाँ इतिहासकै कमजोर, एक डलरको १२८ रुपैयाँ ११ पैसा पुग्यो

    नेपाली रुपैयाँ इतिहासकै कमजोर, एक डलरको १२८ रुपैयाँ ११ पैसा पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरका लागि १२८.११ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

    यो हालसम्मकै उच्च हो । पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ ।



    विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।



    अमेरिकी डलर र युरोको भाउ बराबरी जस्तै छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १ सय २८ रुपैयाँ ३१ पैसा तोकेको छ ।

    युरोपमा २० वर्षपछि अमेरिकी डलर युरोभन्दा बलियो बनेको कारण विश्वका धेरै देशमा युरो कमजोर भएको हो । यस्तै अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको यो पनि हालसम्मकै उच्च हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार