Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १७ सय एम्पुल लागूऔषध बरामद

    १७ सय एम्पुल लागूऔषध बरामद

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । सुनसरीमा ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले देवानगञ्ज गाउँपालिका-१ बाट ठूलो परिणामको लागूऔषधसहित भोला भनिने नरेश कुमार यादवलाई पक्राउ गरेको हाे ।

    मंगलबार इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले हरिनगरा-१ लबटोलियाबाट सोही गाउँपालिका–७ का २१ बर्षीय यादवलाई उक्त लागूऔषध सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।



    पक्राउ परेका यादवको साथबाट नुफिन ५८० एम्पुल, डाइजेल्याब ५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरी १७ सय एम्पुल लागूऔषध बरामद गरिएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार