Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जसपा उपेन्द्र समुहद्धारा बाबुरामसहित ९ नेतामाथि कारबाही, सबैजना पदमुक्त

    जसपा उपेन्द्र समुहद्धारा बाबुरामसहित ९ नेतामाथि कारबाही, सबैजना पदमुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेताहरुलाई पदमुक्त गरेको छ ।

    पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।



    दुई दिनदेखि जारी बैठकले संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदबाट हटाउने निर्णय गरेको हो ।



    पार्टी विभाजनमा लागेका ९ जनालाई तत्काल पदमुक्त निर्णय पारित गरिएको जसपाका केन्द्रीय सदस्य एवम् वन तथा वातावरण मन्त्री प्रदीप यादवले जानकारी दिए ।

    अर्का अध्यक्ष उपेन्द्र यादवसँगको विवादले पार्टी विभाजनतिर गइरहँदा डा. भट्टराईले मंगलबार काठमाडौं आफ्नो पक्षको बैठक राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार