काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् ।
विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक अल्झिएको स्मरण गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
सरकारले ल्याएको नयाँ नागरिकता विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल जारी छ ।
छलफलमा भाग लिँदै सांसद कर्णले भने, ‘यसलाई फेरि समितिमा लैजाने होइन ।मान्छेलाई रुवाउने ? फेरि ३ बर्ष अल्झाउने रु यसमा फेरि छलफल गर्ने रोक्ने यो मानवता विरेधी हुन्छ । यसकारण यसलाई यहीँ (प्रतिनिधिसभाबार्ट सिधै) पास गरौं ।’
Leave a Reply