Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 981
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत)ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

    नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ । बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ ।



    यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ । बिहीबार लगानीकर्ताको आकर्षणमा सामूहिक लगानी कोषको इकाइ पर्दा धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनी मध्ये अपर तामाकोशीको सर्वाधिक ७.१४ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा रिभर्स फल्स पावर लिमिटेडको सेयरमूल्य ६.३९ प्रतिशतले बढेको छ ।



    यता प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ५.०१ प्रतिशतले गिरावट हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ३.०१ प्रतिशतले गिरावट भएको छ । १८२ कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार