Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘कालापानीबाट भारतीय सेना हटाइयोस्’

    ‘कालापानीबाट भारतीय सेना हटाइयोस्’

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । लिम्पियाधुरा कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले माग गरेको छ । मंगलबार विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले यस्तो आग्रह गरिएको हो । सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय स्वागत याेग्य रहेकाे मसाल महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि साहसीक कदम उठाउनुपर्नेमा जोड दिन्छौं ।’



    कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका मुद्दालाई आवश्यकता अनुसार अन्तराष्ट्रियकरण गर्नुपर्ने मसालको माग छ । नयाँ नक्साका लागि उसले सरकारलाई धन्यवाद ज्ञापन समेत गरेको छ । अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी) समावेश गरिएकाले नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगरेको सिंहले विज्ञप्तीमा उल्लेख गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार