Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ला लिगाका लागि हाजार्ड उत्साहित

    ला लिगाका लागि हाजार्ड उत्साहित

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    एजेन्सी – प्रशिक्षणमा फर्केका रियल म्याड्रिडका फरवार्ड इडन हाजार्ड ला लिगाको पुनः सुरुवातका लागि उत्साहित छन् । चोटका कारण रियलमा आफ्नो पहिलो सिजनको सुरुवातमा हाजार्डले खासै प्रभाव पार्न सकेका छैनन् । अब भने उनी पुनः खेलमा फर्कनका लागि उत्साहित छन् ।

    ‘अहिले म एकदमै सहज महसुस गरिरहेको छु । मैदानमा टोलीका साथीहरुसँग मेहनत गर्दैछु, उनले भने, अब हामी आउने खेलको प्रतिक्षमा छौं । तर म खुसी छु । दुई महिना मैदान बाहिर रहेकोले अब मैले शारीरिक र बलसहित मेहनत गर्नुछ । म अर्को खेलका लागि तयार हुन चाहन्छु ।’



    एक साता अलग अलग अभ्यास गरेपछि ला लिगाका क्लबहरु सोमबारबाट १० खेलाडी भन्दा माथिको समूहमा अभ्यास गर्न थालेका छन् । हाजार्ड त्यसमा खुसी छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार