काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजाज ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
Leave a Reply