एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ ।
ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।
एलन मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।
मस्क फोर्ब्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए ।
उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ ।
Leave a Reply