सप्तरी । राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादव माथि विशेष अदालतमा मुद्दा दायर भएको छ । २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बिगो दाबी गरी विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष २०७४/२०७५ मा राजरंगशाला स्तोरन्नती कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सन बीच सम्झौता भए पनि यादवले मापदण्ड विपरीत काम गरेको आरोप रहेको छ ।
यादवले मापदण्ड विपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेको भन्दाबढी भुक्तानी लिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा कैद र जरिवाना माग गरेको छ ।
यस्तै मुद्दा दायर भएसँगै मेयर भीमराज यादव निलम्बनमा परेका छन् । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् । यादव जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का शम्भुप्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
Leave a Reply