Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रुपन्देहीमा लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु

    रुपन्देहीमा लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    रुपन्देही । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

    रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको हो ।



    कुटपिटमा संलग्न रहेको आरोपमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए । कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार