Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बुधबार ५९ अंकले बढ्यो नेप्से

    बुधबार ५९ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 747
    SHARES

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो ।

    यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढ्दै ३८१.३७ अंकमा उक्लिएको छ । उसो त झण्डै ६० अंकले बढेको बजारमा आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।



    सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।



    यसैगरी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले, म्यानु एण्ड प्रो २.८६ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार