बाजुरा । सेवाग्राहीले गार्डको बन्दुक खोस्न खोजेपछि बाजुराको राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा तनाव सिर्जना भएको छ ।
बुढीनन्दा गाउँपालिक-४ कुडुबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन आएका करिब ३५ वर्षका तेजबहादुर खड्काले बैंकका सुरक्षा गार्ड विशाल कैलाको बन्दुक खोस्ने प्रयास गरेका थिए ।
असार मसान्त लागेसँगै भुक्तानीको चापले बैंकमा सेवाग्राहीको भिड बढैको थियो ।
लाइनमा आफूभन्दा पछि रहेकाले धकेलेपछि उनैलाई आक्रमण गर्ने गरी बन्दुक खोस्ने प्रयास गरेको बैंकले जनाएको छ ।
Leave a Reply