एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ ।
सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् ।
उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् ।
Leave a Reply