Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • स्वदेश फर्किनुअघि चिनियाँ वरिष्ठ नेता जियान्चाओले राष्ट्रपतिलाई भेट्ने

    स्वदेश फर्किनुअघि चिनियाँ वरिष्ठ नेता जियान्चाओले राष्ट्रपतिलाई भेट्ने

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । चार दिनको औपचारिक भ्रमणमा नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् ।

    बिहान साढे १० बजे शीतल निवासमा उनीहरुबीच भेट्ने कार्यक्रम तय गरिएको छ ।



    यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।



    उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेका थिए । लिउ आजै बिहान ११ः४५ बजे स्वदेश फर्किने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार