Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदमा प्रधानमन्त्रीलाई प्रश्न: भारत जस्तै चीनलाई कूटनीतिक नोट पठाइएकाे हाे?

    संसदमा प्रधानमन्त्रीलाई प्रश्न: भारत जस्तै चीनलाई कूटनीतिक नोट पठाइएकाे हाे?

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ। प्रधानमन्त्रीलाई लिपुलेकमा नेपाली भूमि अतिक्रमणकाे विषयमा चीनलाइ जाेडेर एक सांसदले प्रश्न गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको प्रश्न गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री केपी ओलीले चीन सरकारका अधिकारीहरुसँग पनि उक्त अतिक्रमित जग्गाकाे विषयमा कुराकानी भएको बताए । प्रधानमन्त्री ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग कुराकानी भएको संसदमै स्वीकारे।



    प्रधानमन्त्रीको जवाफ जस्ताको तस्तै :
    हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नु भएको छ । र, चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्न्धबमा मात्र कुरा गरिएको हो । यसले सीमा सम्बन्धी प्रश्नमा, त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन । र, यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यसम्वन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार