Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेस सभापतिहरूद्वारा मर्यादाक्रमको विषयलाई लिएर आपत्ति

    कांग्रेस सभापतिहरूद्वारा मर्यादाक्रमको विषयलाई लिएर आपत्ति

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

    सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् ।



    मंगलबारको बैठकमा मर्यादाक्रम सम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिहरूले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।



    गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा पुर्‍याइएको छ । तर केन्द्रीय सभापतिपछि आफूहरूको मर्यादाक्रम राखिनुपर्ने उनीहरूको माग छ ।

    ‘हामीहरू केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्छ । केन्द्रीय सभापति भन्दामुनि हुनुपर्छ,’गण्डकीका सभापति शर्माले भने । यसअघि सोमबार गण्डकीका सभापति शर्माले गठबन्धनको विरोध गर्दै गठबन्धनकै कारण पार्टी कमजोर बनेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार