Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सभामुख सापकोटाद्धारा ५ विधेयक प्रमाणित

    सभामुख सापकोटाद्धारा ५ विधेयक प्रमाणित

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 795
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट विभिन्न मितिमा पारित भएका ५ विधेयक प्रमाणित गरेका छन् ।

    मंगलबार सभामुख सापकोटाले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।



    यस्तै ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।



    सभामुखले प्रमाणित गरेका यी विधेयकहरु राष्ट्रपति बिद्या भण्डारीले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागु हुनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार