काठमाडौं । नेपाल भ्रमणमा रहेको सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जिज्ञासा राखेका छन् ।
नेपाल भ्रमणमा रहेको सीपीसीका विदेश विभाग प्रमुख आफ्नो टोलीसहित एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार विहान बालकोट गएका थिए।
भेटमा लिउले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राखेका थिए। ओलीले नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने विषयमा लिउलाई आश्वस्त पार्ने प्रयत्न गरेको जनाइएको छ ।
अहिले नेपालमा भएजस्ता चीनविरोधी गतिविधिहरु आफू प्रधानमन्त्री भएका बेला नभएको भन्दै चिनियाँ प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएको स्रोतले बताएको छ।
Leave a Reply