Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘भूमि फिर्ता जसरी पनि ल्याउँछाै, केही दिनमै नयाँ नक्सा जारी हुन्छ’

    ‘भूमि फिर्ता जसरी पनि ल्याउँछाै, केही दिनमै नयाँ नक्सा जारी हुन्छ’

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरी बनाएका सडकका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन्। संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा केही दिनमै जारी गर्ने बताएका छन्।

    उनले भने,’मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितकाे नयाँ जारी हुने छ।’



    नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वि.सं. २०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताए। सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यसभन्दा पश्चिम जान रोकिएको उनले बताए।



    प्रधानमन्त्रीले हाम्रो भूमि भारतले बेकारको अकुपाइँ गरेर आफ्नो बनाएकाे जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार