Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

    युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 984
    SHARES

    एजेन्सी । रुसले युक्रेनका सबै नागरिकलाई ‘फास्ट ट्य्राक’ नागरिकता दिने घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता ‘फास्ट ट्य्राक’ बाट दिने घोषणा गरेका हुन् ।

    राष्ट्रपति पुटिनले नागरिकता दिने आदेशमा हस्ताक्षर गरेसँगै अब युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता वितरण गरिने भएको हो ।



    पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका बीबीसीले लेखेको छ । यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।



    यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए ।

    युक्रेनको दोस्रो ठूलो सहरमा क्षेप्यास्त्र आक्रमण गरेको समयमा रुसले नागरिक दिने प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार