Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • चुनावी तालमेलका लागि मापदण्ड बनाउन सुझाव

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 864
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ। सोमबार सुरू भएको बैठक भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ।

    आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन पेस गरेका थिए भने महामन्त्री गगन थापाले बैठकमा प्रस्ताव र प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार(प्रसार समितिको प्रतिवेदन पेस गरेका थिए।



    आजको बैठकमा केही केन्द्रीय सदस्यहरू र प्रदेशका सभापतिहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा उनीहरुले चुनावमा गठबन्धनलाई निरन्तरता दिँदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् ।



    केहीले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए ।

    बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ-आफ्नो धारणा राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार