Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ : केपी ओली

    विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 945
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताएका छन् ।

    उनले सोमबार सम्पादकहरुसँगको छलफलमा वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया वस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने बताए ।



    ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’ उनले भने ।



    विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुदैन’ ओलीले भने ।

    निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार