Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पल शाहको उदाहरण दिँदै कानुनमन्त्रीले भने-यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक छ

    पल शाहको उदाहरण दिँदै कानुनमन्त्रीले भने-यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक छ

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद कोइरालाले यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधि सभामा कानुनमन्त्री कोइरालाले पल शाह र मनोज पाण्डेसँग जोडिएको घटनालाई उदाहरण दिँदै यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताएका हुन् ।



    उनले भने, तीनवटा केसको उधाहरण दिन चाहन्छु । मनोज पाण्डेको मुद्दामा हदम्यादका कारण इन्साफ नपाउने स्थिति पैदा हुनुहुँदैन । पल शाहको मुद्दाले गम्भीर प्रश्न उठाएको छ ।



    कुरा मिल्दासम्म सँगै बस्ने र बिग्रिए सकेपछि उमेरका कारणबाट हुने रेपलाई राज्यले अनदेखा गर्न सक्दैन । अछाम जिल्ला अदालतबाट पीडीतलाई नै सजाय गराइयो । यसकारण पनि यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक छ ।ु

    हदम्यादका कारणले पीडितलाई न्याय दिन इन्कार गर्न नहुने बताए ।

    बलात्कार आरोपमा शाह र पाण्डे कारागारमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार