Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

    नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।



    बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रस्तावहरुउलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार