Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ११ महिनामा नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

    ११ महिनामा नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 870
    SHARES

    फाइल फोटो

    काठमाठौं । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

    यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।



    कम्बोडियामा नेपालबाट २० करोड २ लाख ४६ हजार रुपैयाँ बराबरको ३०५ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यसपछि, हङकङमा ३ करोड ९३ लाख रुपैयाँको ६८ किलो यार्सागुम्बा निर्यात भएको छ भने फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ किलोग्राम यार्सागुम्बा निर्यात भएको देखिन्छ ।



    यसपछि, कोरिया, रसिया, सिंगापुर, थाइल्याण्ड, युक्रेन, बेलायत, अमेरिका र भियतनाम लगायतका देशमा समेत यार्सागुम्बा जाने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार