काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् ।
देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।
Leave a Reply