Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज नेपाल आउँदै

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज नेपाल आउँदै छन् । चारदिने भ्रमणका लागि जियान्चाओ आज नेपाल आउन लागेका हुन् । उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी बुधबारसम्म लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ । भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रमुख राजनीतिक दलसँग समन्वय गरिरहेको बताइएको छ ।



    नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।



    विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केहि दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

    दुई साता अघि ओली र दाहालसँगको संवादमा लिउले चीनको चाहना दुबै कम्युनिस्ट पार्टी मिलेर अघि बढून् भन्ने रहेको उल्लेख गरेका थिए । लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार