काठमाडौं । स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।
पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।
Leave a Reply