Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीकै संरक्षणमा चितवनमा नदीजन्य पदार्थको अवैध उत्खनन र तस्करी (भिडियो सहित)

    प्रहरीकै संरक्षणमा चितवनमा नदीजन्य पदार्थको अवैध उत्खनन र तस्करी (भिडियो सहित)

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    चितवन। लकडाउनको समयमा चितवनका विभिन्न खोला तथा नदीबाट गिट्टी बालुवा अबैध रुपमा चोरी निकासी भइरहेको पाइएको छ।

    चितवनको भरतपुर महानगर तथा ईच्छाकामना क्षेत्रमा त्रिशुली नदी र त्यस आसपासका खोलाबाट नदीजन्य पदार्थको अवैध ढंगले उत्खनन भइरहेको पाइएको हो।



    भरतपुर महानगरपालिका २९ स्थित गाइघाट नजिक नदिमै पसेर बालुवा गिट्टी निकालिदै गरेको भिडियोमा सहजै देख्न सकिन्छ ।  तर, यस विषयमा चितवन प्रहरी र प्रशासन कार्यालय मुखर्दशक बनेका छन् ।



    खोलाबाट वालुवा गिट्टीनिकालिदै गरेको बिषयमा केही स्थानियले प्रहरीलाई खबर गरेपनि प्रहरीले कुनै वास्ता नगरेको वताएका छन्।

    लकडाउनमा पनि नदीको दोहन रोकिएको छैन । प्रहरीको रर्कडमा  यस्ता अबैध कार्यमा संलग्नलाई हालसम्म  कुनै कारवाही भएको छैन। अहिले ढुंगा, बोल्डर र गिट्टी झिकेर निर्वाध रुपमा उत्खनन गरी ढुंगा संकलन तथा चाँग लगाउने कार्य भईरहेको देखिन्छ।

    खोलामा माफियाहरुले अवैध रुपमा ढुंगा संकलन गरी ओसारपसार गरेपनि सम्बन्धित निकायले नियन्त्रणको प्रयास गर्न नसक्दा नदी दोहन गर्ने माफियाहरुको मनोबल बढ्दै गएको छ।

    यस्तै जिल्लाको अन्य खोलाबाट मापदण्ड विपरित रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन, चोरी र कालोवजारी बढेको स्थानीयवासीहरूले बताएका छन् ।

    प्रहरी प्रशासनको संरक्षणमा दिनहुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हुँदै आएको स्थानीयवासीको आरोप छ । नदीजन्य पदार्थको अवैध कारोबार गर्ने, काठको तस्करी गर्ने समूहको  चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङसँग राम्रो सम्बन्ध रहेका कारण उनीहरुलाई गैरकानुनी काम गर्न छुट भएको स्रोतको भनाइ छ।

    एसपी गुरुङको रवैयाप्रति एक स्थानियले भने, -‘ जिल्ला कमाण्ड समालेको पहिलो काम नै टिपर र एक्साभेटर समातेर १ दिनमा नै छाडेका थिए,  यस्तो गर्न पो रहेछ,एसपीकै आडमा  दिउसै तस्करी हुन्छ, झन लकडाउनले त सजिलो पो बनायो ।’

    ईच्छाकामना गाउँपालिकाकी प्रमुख गिता गुरुङले स्थानियले खबरपछि स्थलगत अनुगमन गर्दा नदीजन्य पदार्थको अवैध उत्खनन् भएको भेटिएको बताए।

    उनले भनिन , ‘नदीजन्य पदार्थ चोरी गरेर सार्वजनिक ठाउँमा घाटबन्दी गरेको भेटियो। कसको हो, लकडाउनको बेला कसरी निकालियो, अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छौं। यसबारेमा एसपी गुरुङसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

    हेरौ भिडियो

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार