Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जापानी पूर्वप्रधानमन्त्रीलाई गोली हान्नेको घरमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद

    जापानी पूर्वप्रधानमन्त्रीलाई गोली हान्नेको घरमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 978
    SHARES

    एजेन्सी । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानी हत्या गर्नेको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले उक्त आक्रमणकारीको घरमा छापा मार्दा विस्फोटक पदार्थ फेला पारेको बताइएको छ ।

    प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए ।



    त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोली उपस्थित थियो। त्यसका बावजुद बन्दुकधारी आबेको नजिक पुग्न सफल भएका थिए ।



    जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । उनको बिहीबार उपचारको क्रममा मृत्यु भएको थियो । आबेको घाँटीमा दुई गोली लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार