काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन्।
शुक्रबार त्रिविको ६३औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले सम्बोधनका क्रममा यस्तो बताएका हुन्।
समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्चशिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु राष्ट्रिय दायित्व रहेको प्रधानमन्त्री देउवाले बताए ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ छ।
Leave a Reply