Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ३१ जिल्लामा फैलियो कोरोना, गुल्मीका कोरोना संक्रमित आइसियूमा

    ३१ जिल्लामा फैलियो कोरोना, गुल्मीका कोरोना संक्रमित आइसियूमा

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएसँगै ३१ वटा जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।



    सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आइसियूमा रहेका बुझिएको छ ।



    गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

    भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहको अस्पताल स्रोतले जनाएको छ ।

    पछिल्लो समय कहीँ नगएको भए पनि उनी कार्यरत विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पर्सा, कपिलवस्तु, बाँके, उदयपुर, रुपन्देही, रौतहट, काठमाडौं, धनुषा, कैलाली, बारा, चितवन, दाङ, महोत्तरी, सर्लाही, बागलुङ, झापा, भक्तपुर, बर्दिया, मोरङ, भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा संक्रमण फैलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार