एजेन्सी । राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । नाडालले शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेल्ने निर्णय गरेका हुन् ।
उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो । २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् ।
नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आइतवार नोभाक जोकोभिच वा क्यामरुन नोरीसँग खेल्नेछन् ।
महिलातर्फ ट्युनिसियाकी ओन्स जाउबेर र कजाकिस्तानकी एलेना रिबाकिना फाइनलमा पुगेका छन् । ट्युनिसियाकी जाउबेरले ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो अरेबियन महिलाको कीर्तिमान समेत बनाएकी छिन् ।
Leave a Reply