Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज मध्यरातबाट बुढानिलकण्ठका तीनवटा वडा शिल

    आज मध्यरातबाट बुढानिलकण्ठका तीनवटा वडा शिल

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज मध्यरातबाट बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० ,११ र १२ (कपन क्षेत्र) शिल हुने भएको छ ।

    बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालको उपस्थितिमा वडा नं १०, ११ र १२ का अध्यक्ष तथा जनप्रतिनिधिहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।



    वडा नं १२ तेन्जिंग चोककी एक युवतीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले हिजो(आइतबार) नै सोमबार मध्यरातबाट उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको थियो ।



    १२ नम्वर वडा कार्यालयले एक बिज्ञप्ति जारि गर्दै शिल गर्ने निर्णयको जानकारी दिएको छ।

    साथै उक्त युवती सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भैसकेको जानकारी दिदै वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले शिल भएको अवधिमा स्थानीय टोल विकास समितिहरु संग समन्वय गरि आपतकालीन सेवाको व्यवस्था मिलाउने जानकारी दिएका छन्।

    शनिबार सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो।

    ति किशोरी कपनमा फर्निचर पसल सञ्चालन गर्ने परिवारको सदस्य रहको खुलेको थियो ।

    हिजै तेन्जिंग चोक देखि फैका चोक सम्मको क्षेत्र शिल गरिएकोमा आज मध्यरातबाट कपन क्षेत्र नै शिल गर्ने निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार