काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा भरतबहादुर बोहोराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई ल्याइएको छ ।
त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा विकासराज खनालको सरुवा भएको छ । मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसीको सरुवा भएको छ ।
Leave a Reply